तसबिर स्रोत, PRAKASH PARKI
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका मोतीराम सुनार खेतमा उम्रिएको बेसारको बोट देखाउँदै भन्छन्, "धान, गहुँभन्दा बेसार राम्रो भएको छ। यही खेतीबाट भएको आम्दानीले बालबच्चाको पढाइ, औषधी उपचार र "
महाकाली र जोगबुढा नदीको जोखिममा रहेको कुतियाकवरका किसानका लागि बेसार खेती आम्दानीको विकल्प मात्रै नभई बाढी र डुबानसँग जुध्दै जीविका चलाउने आधार पनि बनेको उनीहरू बताउँछन्।
वर्षौँदेखि नदीको कटान र बाढीले खेतमा थुपारिदिने बालुवाका कारण यहाँका किसानले खेतीमा क्षति बेहोर्दै आएका छन्।
धान काट्ने बेला बाढी पस्ने र खेतमा लगाएको अन्नबाली छाडा पशु चौपायाले खाइदिने C'est une bonne idée. विकल्प खोज्न बाध्य बनाएको उनीहरू बताउँछन्।
Fin du contenu
कुनै समय परवर खेतीका लागि प्रख्यात कुतियाकवरमा अहिले करिब १५ बिघा जमिनमा बेसार खेती भइरहेको छ।
कुतियाकवरमा ४२ घरधुरी छन्, जसमा अधिकांश दलित समुदाय छन्।
किस्पादन गर्न सकिने र छाडा पशु चौपायाले खासै क्षति नगर्ने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन्।
बालुवाले बेसार
कुतियाकवरका किसानले भोगिरहेको समस्या बालीमा बाढी पस्नुमा सीमित छैन।
Fin de la période
बाढीले खेतको स्वरूप नै बदलिदिएको छ। स्थानीय किसान मोतीराम सुनारका अनुसार पश्चिम र उत्तरतर्फ जगबुढा नदी तथा पूर्वतर्फ महाकाली नदी रहेको कुतियाकबरको दक्षिणतर्फ भारतीय सीमा पर्छ।
नदीको कटान र बाढीले बर्सेनि यहाँको जमिन प्रभावित हुँदै आएको उनको भनाइ छ।
२०७८ सालको बाढीपछि खेतमा ठूलो मात्रामा बालुवा थुप्रिएको उनले बताए।
"पहिले खेतीयोग्य रहेको जमिनमा बालुवा भरिएपछि पुरानै ढाँचामा खेती गर्न कठिन भयो। अहिले त्यही बलौटे जमिनमा बेसार लगाइरहेका छौँ, बाढीले खेतमा बालुवा थुपारेपछि हामीले " त्यहीँ बेसार फलाउन थालेका छौँ,"
सोही ठाउँका टेकबहादुर सुनार पनि आफूहरूले लामो समयदेखि नदी किनारमा बसेर खेती गर्दै आएको बताउँछन्। नदीले जमिन कटान गर्ने र कतै बालुवा थुपारिदिने समस्याबीच कुन बाली लगाउँदा कम क्षति हुन्छ भन्ने अनुभवबाटै उनीहरू बेसार खेतीमा पुगेका हुन्।
"छाडा चौपायाले पनि त्यति क्षति नगर्ने भएकाले हामीले बेसार रोज्यौँ," उनले भने, "यसको C'est une bonne idée "
उनका अनुसार एक बिघा जमिनमा बेसार खेती गर्दा दुई लाख रुपैयाँभन्दा बढीको उत्पादन बिक्री हुने गरेको छ। कुतियाकवरमा करिब १५ बिघा जमिनमा भइरहेको बेसार खेतीबाट किसानले कुल ३५ लाख रुपैयाँसम्म बिक्री आम्दानी हुने अपेक्षा गरेका छन्। यही आम्दानीबाट घर खर्च, बालबालिकाको शिक्षा स्वास्थ्य उपचार धानिरहेको किसानहरू बताउँछन्।
बाढी र छाडा चौपायाको जोखिमबीच खेती
खुला सीमाका कारण भारतीय क्षेत्रबाट आउने छाडा पशु चौपायाले धान र गहुँजस्ता अन्नबाली खाइदिने गरेको उनीहरूको गुनासो छ।
बाढीले खेतमा क्षति पुर्याउने र छाडा पशु चौपायाले अन्नबाली नष्ट गरिदिने समस्याका कारण गाउँका धेरै किसान बेसार खेतीतर्फ लागेको अर्का किसान खड्के बुढा बताउँछन्।
" बेसार खेतीमा पनि बाढीले नोक्सान गर्छ तर चौपायाले खाँदैनन्। त्यसैले यहाँका किसानले बेसार लगाएका छन्," उनले भने।
किसान कल्पना सुनार पनि धान काट्ने समयमा बाढी आउने समस्याले बेसार खेती रोज्नुपरेको बताउँछिन्।
उनका अनुसार गाउँलेहरूले पर्परागत अन्नबालीको विकल्पका रूपमा बेसार खेतीलाई प्राथमिकता दिएका छन्।
कृषि ज्ञान केन्द्र कञ्चनपुर र विभिन्न सङ्घसंस्थाले पनि केतीतर्फ आकर्षित गर्न सहयोग तथा प्रोत्साहन गरेका छन्।
उत्पादन छ, बजार छैन
बेसार खेतीबाट आम्दानीको सम्भावना देखेका किसानका लागि अहिले सबैभन्दा ठूलो चुनौती बजार बनेको छ।
कुनै समय कुतियाकवरमा उत्पादित परवर भारतीय बजारसम्म पुग्ने गर्थ्यो।
उनीहरूले भारतीय बाटो हुँदै दिल्लीको तरकारी बजारसम्म परवर पुर्याउने गरेका थिए।
तर अहिले सीमापार कृषि उपज लैजान कठिनाइ भएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भइरहेको किसानहरूको भनाइ छ।
बेसार पनि विगतमा भारततर्फ लैजाने गरिएको थियो। अहिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कृषि उपज लैजानमा कडाइ गरेको उनीहरूको भनाइ छ।
"खेती त गरेका छौँ तर बजारको चुनौती छ," टेकबहादुरले भने।
" भारत लैजाँदा ढुवानी खर्च धेरै लाग्छ। नेपालमै बजारको व्यवस्था गरिदिए सीमामा गएर "
स्थानीय उत्पादन बिक्री गर्न नेपालतर्फको बजार र ढुवानीको भरपर्दो व्यवस्था आवश्यक रहेको बुढा बताउँछन्।
बेसार खेतीबाहेक अन्य बाली उत्पादन गर्न कठिन हुँदै गएको अवस्थामा बजारको अभावले किसानको आम्दानी प्रभावित हुनसक्ने उनको भनाइ छ।
C'est une bonne idée थप समस्यामा पारेको छ।
जोगबुढा नदीमा झोलुङ्गे पुल भए पनि कृषि उपज ओसार्न आवश्यक पक्की पुल र सडकको अभाव रहेको किसानको गुनासो छ।
« खेती किसानी गर्न पक्की पुल छैन। " कल्पनाले भनिन्।
"भारतले ट्र्याक्टर आउन दिँदैन, नेपालतर्फ बैन। उत्पादन भएको बाली बजारसम्म "
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्नसक्नुहुन्छ।
थप पत्ता लगाउनुहोस्
शर्ट भिडिओ
शर्ट भिडिओ को अन्त्य




