普拉卡什·帕克
कञ्चनपुरकोदोधारा चाँदनीनगरपालिका–१०कुतियाकवरका मोतीराम सुनार खेतमा उम्रिएको बेसारको बोट देखाउँदै भन्छन्,“धान,गहुँभन्दापनिबेसारराम्रोभएकोछ।यही खेतीबाट भएको आम्दानीले बालबच्चाको पढाइ, औषधी उपचारर लुगाफाटोकोखर्चचलाउँछौँ।"
महाकाली र जोगबुढा नदीको जोखिममारहेको कुतियाकवरका किसानका लागि बेसार खेती आम्दानीको विकल्प मात्रै नभई बाढीर डुबानसँग जुध्दै जीविका चलाउने आधार पनि बनेको उनीहरू बताउँछन्।
वर्षौँदेखि नदीको कटान र बाढीले खेतमा थुपारिदिने बालुवाका कारण यहाँका किसानले खेतीमा क्षति बेहोर्दै आएका छन्।
धान काट्ने बेला बाढी पस्ने र खेतमा लगाएको अन्नबाली छाडा पशु चौपायाले खाइदिने समस्याले उनीहरूलाई परम्परागत खेतीबाट विकल्प खोज्न बाध्य बनाएको उनीहरू बताउँछन्।
内容结束
कुनै समय परवर खेतीका लागि प्रख्यात कुतियाकवरमा अहिले करिब १५ बिघा जमिनमा बेसार खेती भइरहेको छ।
कुतियाकवरमा ४२ घरधुरी छन्, जसमा अधिकांश दलित समुदायछन्।
किसानहरूका अनुसार बलौटे माटोमा पनि उत्पादन गर्न सकिने र छाडा पशु चौपायाले खासै क्षति नगर्ने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन्।
बालुवाले पुरिएको खेतमा बेसार
कुतियाकवरका किसानले भोगिरहेको समस्या बालीमा बाढी पस्नुमा सीमित छैन।
完结了
बाढीले खेतको स्वरूप नै बदलिदिएको छ। स्थानीय किसान मोतीराम सुनारका अनुसार पश्चिमर उत्तरतर्फ जगबुढा नदी तथा पूर्वतर्फ महाकाली नदीरहेको कुतियाकबरको दक्षिणतर्फ भारतीय सीमा पर्छ।
नदीको कटान र बाढीले बर्सेनि यहाँको जमिन प्रभावित हुँदै आएको उनको भनाइ छ।
२०७८ सालको बाढीपछि खेतमा ठूलो मात्रामा बालुवा थुप्रिएकोउनलेबताए।
” पुरानै ढाँचामा खेती गर्न कठिन भयो। अहिले त्यही बलौटे जमिनमा बेसार लगाइरहेका छौँ, बाढीले खेतमा बालुवा थुपारेपछि हामीले त्यहीँ बेसार फलाउन थालेका छौँ," सुनारले भने।
सोही ठाउँका टेकबहादुर सुनार पनि आफूहरूले लामो समयदेखि नदी किनारमा बसेर खेती गर्दै आएको बताउँछन्। नदीले जमिन कटान गर्ने र कतै बालुवा थुपारिदिने समस्याबीच कुन बाली लगाउँदा कम क्षति हुन्छ भन्ने अनुभवबाटै उनीहरू बेसार खेतीमा पुगेका हुन्।
” बेसाररोज्यौँ,”उनलेभने,“यसकोउत्पादनराम्रोछ। अहिले गाउँलेले बेसार खेतीलाई नै प्राथमिकता दिएका छन्।”
उनका अनुसार एक बिघा जमिनमा बेसार खेती गर्दा दुई लाख ुपैयाँभन्दाबढीकोउत्पादनबिक्रीहुनेगरेकोछ। कुतियाकवरमा करिब १५ बिघा जमिनमा भइरहेको बेसार खेतीबाट किसानले कुल ३५ लाख रुपैयाँसम्म बिक्री आम्दानी हुने अपेक्षा गरेका छन्। यही आम्दानीबाट घर खर्च, बालबालिकाको शिक्षार स्वास्थ्य उपचार धानिरहेको किसानहरू बताउँछन्।
बाढी र छाडा चौपायाको जोखिमबीच खेती
खुला सीमाका कारण भारतीय क्षेत्रबाट आउने छाडा पशु चौपायाले धान र गहुँजस्ता अन्नबाली खाइदिने गरेको उनीहरूकोगुनासोछ।
बाढीले खेतमा क्षति पुर्याउने र छाडा पशु चौपायाले अन्नबाली नष्ट गरिदिने समस्याका कारण गाउँका धेरै किसान बेसार खेतीतर्फ लागेको अर्का किसान खड्के बुढा बताउँछन्।
“बेसार खेतीमा पनि बाढीले नोक्सान गर्छ तर छाडा पशु चौपायाले खाँदैनन्। त्यसैले यहाँका किसानले बेसार लगाएका छन्," उनले भने।
किसान कल्पना सुनार पनि धान काट्ने समयमा बाढी आउने समस्यालेबेसारखेतीरोज्नुपरेकोबताउँछिन्।
उनका अनुसार गाउँलेहरूले परम्परागत अन्नबालीको विकल्पकारूपमाबेसारखेतीलाईप्राथमिकतादिएकाछन्।
कृषि ज्ञान केन्द्र कञ्चनपुरर विभिन्न सङ्घसंस्थाले पनि किसानलाई बेसार खेतीतर्फ आकर्षित गर्न सहयोग तथा प्रोत्साहन गरेका छन्।
उत्पादन छ, बजार छैन
बेसार खेतीबाट आम्दानीको सम्भावना देखेका किसानका लागि अहिले सबैभन्दा ठूलो चुनौती बजार बनेको छ।
कुनै समय कुतियाकवरमा उत्पादित परवर भारतीय बजारसम्म पुग्नेगर्थ्यो।
उनीहरूले भारतीय बाटो हुँदै दिल्लीको तरकारी बजारसम्म परवर पुर्याउने गरेका थिए।
तर अहिले सीमापार कृषि उपज लैजान कठिनाइ भएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भइरहेको किसानहरूकोभनाइछ।
बेसार पनि विगतमा भारततर्फ लैजाने गरिएको थियो। अहिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कृषि उपज लैजानमा कडाइ गरेको उनीहरूको भनाइ छ।
“खेतीतगरेकाछौँतरबजारकोचुनौतीछ”,टेकबहादुरले भने।
” "
स्थानीय उत्पादन बिक्री गर्न नेपालतर्फको बजार ढुवानीको भरपर्दो व्यवस्था आवश्यकरहेको बुढा बताउँछन्।
बेसार खेतीबाहेक अन्य बाली उत्पादन गर्न कठिन हुँदै गएको अवस्थामा बजारको अभावले किसानको आम्दानी प्रभावित हुनसक्ने उनको भनाइ छ।
कुतियाकवरको भौगोलिक अवस्थाले पनि किसानलाई थप समस्यामा पारेकोछ।
जोगबुढा नदीमा झोलुङ्गे पुल भए पनि कृषि उपज ओसार्न आवश्यक पक्की पुल र सडकको अभाव रहेको किसानको गुनासोछ।
” साधन पनि पुग्दैनन्," कल्पनाले भनिन्।
“भारतलेट्र्याक्टरआउनदिँदैन,नेपालतर्फबाटोछैन। उत्पादनभएकोबालीबजारसम्मपुर्याउनैसमस्याछ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामर ट्विटरमा पनि हाम्ार सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
थप पत्ता लगाउनुहोस्
शर्टभिडिओ
शर्ट भिडिओ को अन्त्य




